रसुवागढी नाकाबाट पछिल्लो तीन महिनामा पाँच अर्ब रुपैयाँ भन्दा धेरैको आयात

images
  • 95
    SHARES
  • कार्तिक ६, २०७९ आइतबार
    रसुवागढी नाकाबाट पछिल्लो तीन महिनामा पाँच अर्ब रुपैयाँ भन्दा धेरैको  आयात
    images

    काठमाण्डौ – रसुवागढी नाकाबाट पछिल्लो तीन महिनामा पाँच अर्ब रुपैयाँ भन्दा धेरैको सामग्री आयात भएको छ ।

    rasuwagadhi_naka_F2hGHW5Xzi.jpg

    साउनदेखि असोज मसान्तसम्म पाँच अर्ब ६६ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरको चिनियाँ सामग्री आयात भएको हो ।

    आयात भएका सामग्रीमा स्याउ, ओखर तयारी कपडाका साथै जलविद्युत् र गाडीका पाटपुर्जा धेरै रहेका छन् ।

    हाइड्रो पावरका उपकरण र सवारी साधनको पार्टपूर्जा, मेडिकल सामग्रीका साथै चिनियाँ ठूला दुई कन्टेनरमार्फत ताससमेत आयात भएको छ ।

    त्यस्तै रसुवागढी नाकाबाट तिहारका लागि स्याउ, ओखर, किभीलगायतका फलफूल आयात भएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend