लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन : प्रधानमन्त्री देउवा

images
  • 54
    SHARES
  • कार्तिक ७, २०७९ सोमबार
    लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन : प्रधानमन्त्री देउवा
    images

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन गरेको बताएका छन् । बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत  रहेका सभापति देउवाले गठबन्धन रहरले नभएर  लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गरेको बताएका हुन् । 

    deuba(3)1657437084_20221024153758.jpg

    सोही कार्यक्रममा गठन्धनका शीर्षनेता पुष्पकमल  दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई र रामचन्द्र पौडेलले पनि सत्ता स्वार्थका लागि नभएर हालसम्मको राजनीतिक उपलब्धी रक्षाका लागि गठबन्धन गर्नुपरेको बताएका थिए । 

     

    उनीहरुपछि सम्बोधन गरेका सभापति देउवाले संविधान रक्षाको लागि आफूहरुले गठबन्धन गरेको दाबी गरे । संविधानलाई स्थायी शान्तिको रुपमा लिएको बताएको र यसको रक्षाका लागि पनि गठबन्धन गरेको उनको भनाइ छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend