दाङमा तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति भएको अनुमान

images
  • 47
    SHARES
  • कार्तिक ८, २०७९ मंगलबार
    दाङमा तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति भएको अनुमान
    images

    ८ कात्तिक, दाङ । दाङको घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ  । घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको छ ।

    dang-aagolagi-1024x577.jpg

    न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करडौंको क्षति भएको अनुमान गरिएको ५ ।

    राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणामा आएको हो ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend