शान्ति मिसनमा डाक्टर पनि पठाइने

images
  • 60
    SHARES
  • कार्तिक ८, २०७९ मंगलबार
    शान्ति मिसनमा डाक्टर पनि पठाइने
    images

    ८ कात्तिक, काठमाडौं ।

    सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई पनि शान्ति मिसनमा पठाउने भएको छ ।

    MBBS-student-doctor-kaam-bihin-doctor.jpg

    रक्षा मन्त्रालयले पहिलो पटक स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जन पठाउन आग्रह गरेको छ ।

    स्वास्थ्य मन्त्रालयले एक सूचना निकाल्दै एक वर्षे मिसनका लागि लिविया जान चाहने जनरल सर्जनले आगामी १६ कात्तिकसम्ममा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    एक वर्षे मिसनमा जाने चिकित्सक मन्त्रालय अन्तरर्गतको स्थायी कर्मचारी हुनुपर्ने र कम्तीमा तीन वर्षको अनुभव प्राप्त हुनुपर्ने सूचना उल्लेख छ । मन्त्रालयको सूचना अनुसार इच्छुकले info@mohp.gov.np मा यही १६ गतेसम्म आवेदन दिनु पर्ने छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend