पहिरोले पानीको मूलमा क्षति गरेपछि कर्णाली प्रदेशमा खानेपानीको समस्या

images
  • 64
    SHARES
  • कार्तिक ९, २०७९ बुधबार
    पहिरोले पानीको मूलमा क्षति गरेपछि कर्णाली प्रदेशमा खानेपानीको समस्या
    images

    drinking_water_1_copy_HRyz3clC0A.jpgफाइल फाेटाे

    जुम्ला –

    गएको असोज १९ गतेदेखि २४ गतेसम्मको अविरल वर्षापछि आएको पहिराेले मूलमा क्षति भएपछि कर्णाली प्रदेशमा नागरिकलाई खानेपानीको समस्या भएको छ ।

    बाढी र वर्षाका कारण माथिल्लो कर्णालीका विशेष गरी कालीकोट, जुम्ला, मुगु र हुम्ला गएको पहिरोले खानेपानीका मूलमा क्षति पुगेको छ भने कतै मुहान नै बाढीले बगाएर लगेको छ ।

    पहिरोले मूल नै बन्द भएपछि त्यहाँका नागरिक खोलाको फोहर पानी खान बाध्य भएका छन् । यसले आउँ पर्ने, झाडापखाला लगायतका विभिन्न रोग लाग्ने समस्याको खतरा पनि बढ्दै गएको छ ।

    ‘पहिरोले कतै मूल ढाकेको छ त कतै खानेपानीको ट्याङ्की नै बगाएर लगेको छ,’ तिला गाउँपालिका–९ जुम्लाका वडाध्यक्ष धनबहादुर रावतले भन्नुभयो, ‘मानिस फोहर भए पनि अहिले खानेपानी लिन खोलामा नै जान्छन् ।’ खानेपानीको विकल्प नहुँदा त्यही फोहर पानी खानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

    विकट बस्तीका नामले चिनिने उक्त वडाका राँसा, मालापानी, ढिपु र खोप्री गाउँवासीले पानीको समस्या खेप्नुपरेको उहाँको भनाइ छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend