आज पनि सार्वजनिक बिदा : सरकारी कार्यालय सोमवार मात्रै खुल्ने

images
  • 52
    SHARES
  • कार्तिक ११, २०७९ शुक्रबार
    आज पनि सार्वजनिक बिदा : सरकारी कार्यालय सोमवार मात्रै खुल्ने
    images

    काठमाण्डाै - सरकारले आज शुक्रवार पनि सार्वजनिक बिदा दिएको छ ।

    holiday_1_xJUT6pN2Po.png

    कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट आज पनि कायम राखिएको हो ।

    सरकारले आज तिहार पर्वकै रुपमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

    योसहित यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको छ । भोलि शनिवारको बिदा र पर्सि छठ पर्वको अवसरमा सार्वजनिक बिदा भएकाले अब सरकारी कार्यालयहरु सोमवार मात्रै खुल्नेछन्। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend