ट्वीटरको ट्रेण्डिङमा #NoNotAgain

images
  • 48
    SHARES
  • कार्तिक ११, २०७९ शुक्रबार
    ट्वीटरको ट्रेण्डिङमा #NoNotAgain
    images

    ११ कात्तिक, काठमाडौं । #NoNotAgain ट्वीटरको ट्रेण्डिङमा आएको छ । मंसिर ४ को निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा प्रमुख दलका शीर्ष नेताहरुलाई फेरि जिताउन नहुने भन्दै अभियान चलिरहेको छ ।

    पछिल्लो समय निर्वाचन आयोगले यो विद्युतीय कारोबार ऐन, निर्वाचन कसुर तथा सजाय ऐन र निर्वाचन आचार संहिताविरुद्ध भएको भन्दै बन्द गर्न चेतावनी दिएको थियो ।

    Twitter.jpg

    आयोगको चेतावनीपछि यो अभियान झन फैलिएको छ । र, नेपालमा ट्वीटरको ट्रेडिङमा परेको छ । यो समाचार तयार पार्दासम्म एक हजार १४९ पटक ट्वीट भएको छ ।

    ट्वीटर ट्रेडिङको दोस्रो नम्बरमा मेस्सी, तेस्रोमा जर्मनी छ भने छैटौं नम्बरमा तिहार छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend