तनहुँमा मोटरसाइकलको पांग्रामा सल बेरिँदा हात चुँडियो

images
  • 55
    SHARES
  • कार्तिक १२, २०७९ शनिबार
    तनहुँमा मोटरसाइकलको पांग्रामा सल बेरिँदा हात चुँडियो
    images

    तनहुँ — जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा गुड्दै गरेको मोटरसाइकलको पांग्रामा सल बेरिएर एक महिलाको हात चुँडिएको छ ।

     

    thumb.jpg

    व्यास नगरपालिका–५ पाटनबाट शनिबार दिउँसो झापुटार जाँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार २९ वर्षीया रेनु थापाको सल मोटरसाइकलको पांग्रामा बेरिँदा हात चुँडिएको प्रहरीले जनाएको छ । उनी दिदीका छोरासँग मोटरसाइकलमा सवार थिइन् ।

     
    उनको बायाँ हात कुहिनोभन्दा तलबाट छुट्टिएको प्रहरीले जनाएको छ । घाइते थापाकी छोरी र चालक भने सकुशल छन् । घाइते थापालाई दमौली अस्पतालमा प्राथमिक उपचार गरी हेलिकप्टरबाट काठमाडौं लागिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend