आगलागी पिडितलाई उचित राहतको व्यवस्था गर्न पाण्डेको आग्रह

images
  • 56
    SHARES
  • कार्तिक १२, २०७९ शनिबार
    आगलागी पिडितलाई उचित राहतको व्यवस्था गर्न पाण्डेको आग्रह
    images
     राप्ती, कात्तिक १२
    नेकपा एमालेका उपाध्यक्ष एवंम् चितवन क्षेत्र नम्बर १ बाट नेकपा एमालेतर्फका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्र पाण्डेले आगलागी पिडितलाई उचित राहतको व्यवस्था गर्न आग्रह गरेका छन् ।
    313109425_590959803030527_4938347634337962408_n.jpg
     
    शनिबार बिहान पिडितको घरमा उपस्थित भइ उनले राप्तीका वडा अध्यक्षहरु लगायत सम्बन्धित निकायहरुलाई राहतको व्यवस्था गर्नको लागि आग्रह गरेका हुन् । विभिन्न संघसंस्थाहरुसँग पनि राहतको लागि पहल गर्ने उनले बताएका छन् । मुख्यगरि राप्ती-१, २ र ३ वडाले सहयोग गर्न वडाअध्यक्षहरुलाई पाण्डेले आग्रह गरेका हुन्। शुक्रबार दिउँसो करिब २:३० बजे राप्ती-१ का ५ वटा घरमा आगलागी भएको थियो । स्थानीय मनिषा चेपाङ, पूर्णसिंह ब्लोन, वीर बहादुर प्रजा, इन्द्रबहादुर प्रजा र सरोज प्रजाको घर आगोले पूर्ण क्षति पुर्याएको थियो । आगलागीबाट घर भित्र रहेको अन्न, लत्ताकपडा, भाडाकुडा, नगद लगायत सम्पुर्ण सामानहरु जलेको पिडितहरुले बताएका छन् । "आफू बिरामी हुँदा उपचार पनि नगरि ऋण तिर्न राखेको पैसा जलेर नष्ट भयो ।" रुँदै पिडित मनिषा प्रजाले भनिन् "रात भरि औडाहा भयो । अलिकति भए नि पाइन्छ कि भनेर खोजे तर पाइनँ ।" उनी मुटुको समस्याबाट ग्रसित छिन् । महिनाको १७ र २२ गते किस्ता तिर्नुपर्ने उनले बताएकी छन् । घरमा ६ जनाको परिवार भएको उनको आगोलागी हुँदा उनी घाँस काट्न गएकि थिइन् भने श्रीमान कामको खोजीमा बाहिर निस्किएका थिए । यस्तै नागरिकता भए नि बचाउनुपर्यो भनी चोटामा उक्लिएकी सितामाया ब्लोनको अनुहारमा आगोले पोलेको छ । श्रीमानको नागरिकता जोगाएको उनले बताइन् । पाण्डेले यस्तो विषम परिस्थितिमा आत्मबल बढाउन आग्रह गरे । चाँडोभन्दा चाँडो सम्बन्धित निकायबाट सहयोग पाउनेमा विश्वस्त हुन पनि उनले पिडितहरुमा आग्रह गरेका छन् । आगलागी भएको थाहा पाउने बित्तिकै एमाले नेता सुरेन्द्र पाण्डे र जेएन थपलियाले शुक्रबार बेलुकी नै पिडित परिवारलाई भेट्न पुगेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend