राप्तीका आगलागी पीडितलाई सहयोग गर्ने पाण्डेको प्रतिबद्धता

images
  • 44
    SHARES
  • कार्तिक १२, २०७९ शनिबार
    राप्तीका आगलागी पीडितलाई सहयोग गर्ने पाण्डेको प्रतिबद्धता
    images

     राप्ती, १२ कार्तिक 

    नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले राप्तीका आगलागी पीडितलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    313109425_590959803030527_4938347634337962408_n.jpg

    शुक्रवार दिउसो राप्ती वडा नं १ का पाँचबटा घरमा आगलागी भएको थियो । आगोलागी भए लगतै पीडितलाई भेट्न पुगेका चितवन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका पाण्डेले पीडितलाई तत्काल राहत र दीर्घकालिन समस्या सामाधानको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन । उनले वडाध्यक्षलाई तत्कालको लागि राहतको व्यवस्था गर्न समेत आग्रह गरेका छन् । स्थानीय मनिषा चेपाङ, पूर्णसिंह ब्लोन, वीर बहादुर प्रजा, इन्द्रबहादुर प्रजा र सरोज प्रजाको घरमा आगलागी हुँदा अन्न, लत्ताकपडा, भाडाकुडा, नगद लगायत सम्पूर्ण सामानहरु जलेर नष्ट भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend