मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु

images
  • 53
    SHARES
  • कार्तिक १३, २०७९ आइतबार
    मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु
    images

    १३ कात्तिक, काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

    पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

    Bus-accident-1024x460.jpg

    पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend