नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

images
  • 42
    SHARES
  • कार्तिक १३, २०७९ आइतबार
    नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत
    images

    १३ कात्तिक, काठमाडौं । पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ ।

    पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व (नवलपुर)को बुलिङटारमा आज बिहान करिब चार बजेतिर दुर्घटना भएको हो ।

    Bus-accident-1024x460 (1).jpg

    दुर्घटनामा रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् ।

    उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।

    दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको डिएसपी पाठकले जानकारी दिए ।

    घाइतेको नामावली :

    १)    बस चालक, पाल्पा रामपुर न.पा.३ गण्डकी ढिक बस्ने वर्ष २९ का दिल कु.श्रेष्ट

    २)    बस सहचालक, रामपुर- ४ बेझाडका वर्ष २४ को साजन श्रेष्ठ

    ३)    रम्भा गा.पा.१ बस्ने वर्ष ४ को अंकित सुनार

    ४)    रम्भा-१ का वर्ष १० को कृष्ण केवट

    ५)    रम्भा-१ बस्ने वर्ष १८ को प्रविण सुनार टाउको चोट मध्यम

    ६)    रम्भा-१ बस्ने बस्ने वर्ष २० का रामबहादुर बि.क., टाउकोमा चोट

    ७)    रम्भा-१ बस्ने वर्ष २१ को रिता बि.क.

    ८)    रम्भा-१ बस्ने वर्ष २५ का कासीराम बि.क.

    ९)    रम्भा-१ बस्ने वर्ष २० का बिशाल बि.क.

    १०)   रम्भा-१ बस्ने वर्ष १ की आइसा बि.क.

    ११)   रम्भा-१ बस्ने वर्ष १६ काअविनाश बि.क.

    १२)   रम्भा-१ बस्ने वर्ष ७ की पुष्पा बि.क.

    १३)   रम्भा-१ बस्ने वर्ष ४७ का मेघनाथ बि.क

    १४)   स्याङ्जा  बेलचौर न.पा.९ बस्ने वर्ष २५ की दिलमाया राना

    १५)   स्याङ्जा बेलचौर-९ बस्ने वर्ष ३ का रविन राना

    १६)   पाल्पा झडेवा बस्ने वर्ष ३२ की सुमित्रा बि.क.

    १७)   रम्भा-१ बस्ने वर्ष १५ की रिमा बि.क.

    १८)   रम्भा-१ बस्ने वर्ष ३२ की सन्जु सुनार

    १९)   रम्भा-१ बस्ने वर्ष ३८ को प्रेम ब.सुनार

    २०)   रम्भा-१बस्ने वर्ष २० को आषिश सुनार

    २१)   रम्भा-१ बस्ने वर्ष २० को बिजय बि.क.

    २२)   रम्भा-१ बस्ने वर्ष ३६ की माया बि.क.

    २३)   स्याङजा गल्याङ-८ बस्ने वर्ष ३५ को मनोजकुमार बि.क.

    २४)   गल्याङ- ९ बस्ने वर्ष ३० की सरिता माझी

    २५)   गल्याङ-८ बस्ने वर्ष ३० की उमाकुमारी बि.क.

    २६)   गल्याङ- ९ बस्ने वर्ष ३१ को रामु राना

    २७)   पाल्पा रम्भा-१ बस्ने वर्ष १२ की अस्मिता सुनार

    २८)   रम्भा-१ बस्ने वर्ष ४७ को ओमबहादुर बि.क.

    २९)   रम्भा-१ बस्ने वर्ष

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend