कृषि र उद्योगमा कर छुट गर्नुपर्छ ः पूर्वअर्थमन्त्री पाण्डे

images
  • 97
    SHARES
  • कार्तिक १३, २०७९ आइतबार
    कृषि र उद्योगमा कर छुट गर्नुपर्छ ः पूर्वअर्थमन्त्री पाण्डे
    images

    रत्ननगर । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कृषि र उद्योगमा राज्यले कर छुट गर्नुपर्ने बताएका छन् ।

    313089361_500816671965387_667545183668941044_n.jpg

    चितवनको रत्ननगरमा आयोजित एक कार्यक्रममा उनले अब बन्ने एमालेको नयाँ सरकारले कृषि र उद्योगमा लगाउदै आएको कर छुट गर्ने प्रतिबद्धता जनाए । कृषिलाई आधुनिकीकरण गर्दै रोजगारी सृजना गर्ने गरी एमालेले नयाँ योजना ल्याउने उनको भनाई छ । मुलुकको समृद्धिको आधार कृषि र उद्योग रहेको भन्दै उनले सरकारले प्रर्बधनात्मक कार्यक्रम ल्याउनु पर्ने बताए । उनले सामाजिक सुरक्षा भत्तापछि अब युवा केन्द्रीत कार्यक्रम ल्याउने बताए । प्रविधिको प्रयोगले मात्र मुलुकको विकास हुने भन्दै उनले युवाहरुलाई प्रविधिसंग जोडेर विदेश पलायन हुनबाट रोक्नु पर्ने बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend