विमान नउड्दै आपतकालीन ढोकाबाट बाहिरिएपछि यात्रु

images
  • 182
    SHARES
  • बैशाख १०, २०७९ शनिबार
    विमान नउड्दै  आपतकालीन ढोकाबाट बाहिरिएपछि यात्रु
    images

    अमेरिकाको न्युयोर्कस्थित नियागारा अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उड्नुभन्दा अगाडि नै आपतकालीन ढोकाबाट बाहिरिएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

    ddd.jpg

    स्थानीय सञ्चारमाध्यमहरुका अनुसार विमानमा कुनै पनि समस्या नभई महिला आपतकालीन ढोकाबाट निस्किएकी थिइन्। प्रहरीले विमानभित्र अमर्यादित व्यवहार देखाएको भन्दै क्यालिफोनिर्याकी २४ वर्षीया किन्थिया म्याकनाइटलाई पक्राउ गरेको हो। समाचारमा बाताइएअनुसार पाइलटले विमानलाई उडाउनै लागेका थिए तर महिला यात्रुको उक्त व्यवहारको कारण उनी गेटमा फर्किन बाध्य भएका थिए। प्रहरीले म्याकनाइटमाथि अमर्यादित व्यवहार देखाएको, दुर्व्यवहार गरेकोलगायतका आरोप लगाइएको छ।


    समाचारमा बताइएअनुसार महिलाले विमानको क्याबिनको ढोका खोलेर आपतकालीन स्लाइड खोलेकी थिइन् र सोहीबाट उनी बाहिर निस्किइन्। यो घटना हुँदा विमानमा थप ६५ यात्रुहरु थिए र चारजना चालकदलका सदस्य थिए। घटनापछि उनीहरु सबैलाई अर्को विमानमा राखी गन्तव्यमा पुर्‍याइएको थियो। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend