जुवा खेलिरहेको अवस्थामा नगदसहित पाँच जना जुवाडे पक्राउ

images
  • 66
    SHARES
  • कार्तिक १४, २०७९ सोमबार
    जुवा खेलिरहेको अवस्थामा नगदसहित पाँच जना जुवाडे पक्राउ
    images

    वीरगञ्ज। प्रहरीले वीरगञ्जबाट जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–८ का अशोककुमार कानु, दीपलाल चौरसिया, वडा नम्बर ७ का अजैुन तुरहा, वडा नम्बर १६ का सानु शाही र वडा नम्बर ५ का रमेश खड्गी छन्।

    1_20221031163627.jpg

    प्रहरीले वीरगञ्ज–८ गहवास्थित रमेश खड्गीको खाजा, नास्ता र मदिरासमेत खानपिन गर्ने होटलमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

     

    उनीहरूको साथबाट एक सेट ताससहित ९३ हजार १ सय ५० रुपैयाँ नगद बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए। उनीहरूलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको गिरीले बताए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend