अफ्रिकन ‘स्वाइन फिभर’ ले स्याङ्जामा ३०० बंगुर मरे

images
  • 41
    SHARES
  • कार्तिक १४, २०७९ सोमबार
    अफ्रिकन ‘स्वाइन फिभर’ ले स्याङ्जामा ३०० बंगुर मरे
    images

    स्याङ्जा, कात्तिक १४-

    स्याङ्जामा अफ्रिकन ’स्वाईन फिभर’ बाट ३०० बंगुर मरेका छन् ।

    African-swine-fever-.webp
    पुतलीबजार नगरपालिकामा पालिएका बंगुरमा पहिलो पटक अफ्रिकन स्वाईन फिभर देखिएको हो ।
    फिभरका कारण पुतलीबजारका झण्डैं ३०० वटा बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्याङ्जाले जनाएको छ ।

    कार्यालयमा ३०० वटा बंगुर मरेको प्रतिवेदन आएको कार्यालय प्रमुख डा. ईन्द्रप्रसाद भट्टले बताए । ‘ल्याब परीक्षण गर्दा अफ्रिकन स्वाईन फिभर पुष्टि भएको छ,’ उनले भने ।

    एक महिनादेखि यो रोगको संक्रमण देखिन थालेको प्राबिधिक प्रमुख गोपाल गिरीले बताए । बंगुर झोक्राउने, खान खान रुची नदेखाउने, ज्वरो आउने, शरीरमा ढब्बा तथा निलो दागहरु देखिने, नाक र मुखबाट रगत÷पानी÷¥याल बग्ने लक्षण संक्रमित बंगुरमा देखिएको उनले बताए ।
    सरुवा रोग भएकाले संक्रमित बंगुरलाई छुट्टै राख्ने, होटल तथा बाहिरबाट ल्याएका खानेकुरा राम्ररी पकाएर खान दिने र बंगुरको स्याहारसुसार गर्ने, दानापानी दिने व्यक्ति पनि सुरक्षित हुनुपर्ने उनले बताए । यो संक्रमणबाट मरेको बंगुरलाई राम्ररी गाड्नु पर्ने उनले बताए ।
    भाडामा जग्गा लिएर बंगुर पाल्दै आएका पदम गन्धर्वले आफूले पालेका ४९ वटा बंगुर मरेको बताए । माउ र पाठापाठीसहित धमाधम बंगुर मर्न थालेपछि उनलाई हजारौं रुपैंया बराबरको क्षति भएको छ ।

    बिगत ८÷१० बर्षदेखि बंगुर पालन गर्दे आएका गन्धर्व परिवारसँग अहिले तीन बंगुर मात्र छन् । ऋण धन गरेर पालेको बंगुर एक्कासी मर्न थालेपछि गन्र्धव परिवार चिन्तामा परेको छ।

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend