मतदाता शिक्षा कार्यक्रम सम्पन्न

images
  • 338
    SHARES
  • कार्तिक १६, २०७९ बुधबार
    मतदाता शिक्षा कार्यक्रम सम्पन्न
    images

    देवघाट तनहुँ :२०७९ कार्तिक १६ गते

    तनहुँ देवघाट

    गाउँपालिकाको सभा हलमा आज मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ।

    313975482_678890910210702_3715939414611551581_n.jpg

    प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा बदर मतको प्रतिशतलाई कम गर्ने उद्देश्य साथै मतदाताको सहभागिता वृद्धि गर्न तथा सुसूचित मतदाता तयार गर्नको लागि देवघाट गाउँपालिका स्तरिय मतदाता शिक्षा समन्वय समिति (स्थानीय स्तर) को कार्यक्रम आज देवघाट गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ।

    313922262_686976755945394_6838276277767491649_n.jpg

    सो कार्यक्रममा मतदाता शिक्षा कार्यक्रम,समुदायस्तर/घरदैलो कार्ययोजना, २०७९ को बारेमा राजनितिक दलका मतदाता शिक्षा समन्वय समितिका सदस्यहरु, वडा सचिवहरु र महिला स्वास्थ्य स्वयंसेविका एवं मतदाता शिक्षा स्वयंसेवकहरुलाई मतदाता शिक्षा समन्वय समिती स्थानीय तह स्तर समितिका संयोजक एवम् देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले प्रशिक्षण दिएको थियो।

    कार्यक्रममा नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपाने,नेपाली काँग्रेस देवघाट गाउँ समितिका उप सभापति पुरुषोत्तम शर्मा पण्डित,नेकपा माओवादी केन्द्र देवघाट गाउँ कमिटिका उपाध्यक्ष जयकृष्ण सुवेदी लगाएको उपस्थिति रहेको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend