३२ किसानले पाए मोटर

images
  • 416
    SHARES
  • कार्तिक १६, २०७९ बुधबार
    ३२ किसानले पाए मोटर
    images

    रत्ननगर 

    रत्ननगर नगरपालिका वडा नं.७ ले किसानलाई ५० प्रतिशत अनुदानमा सिंचाइ मोटर वितरण गरेको छ ।

    313967958_1022741972457178_8260458084939430425_n.jpg

    बुधबार वडाभित्रका किसानका लागि ३२ वटा मोटर वितरण गरिएको वडाअध्यक्ष सजना महतोले जानकारी दिए । उनका अनुसार वडाबाट ४७ वटा निवेदन परेकोमा ३२ जनाले मात्रै मोटर पाएका हुन् ।

    313933549_838513417499607_8014058350548562183_n.jpg

    वडाले कृषि क्षेत्रलाई सहज बनाउनको लागि किसानलाई मोटर वितरण गर्दै आएको वडाअध्यक्ष महतोले जानकारी दिए । आर्थिक अवस्था कमजोर रहेका किसानले मोटर नहुँदा सिंचाइमा खेल्दै आएको अभाव पूर्ति

    भएको बताए । किसानले मोटर पाएपछि सिंचाइमा सहज हुने विश्वास लिइएको छ । किसान मिलन गोदारले वडाबाट पाएको मोटरका कारण कृषि उत्पादनमा सहज हुने बताए । वडाले वडावासी किसानको हितमा काम गरेको उनले बताए ।

    युवा किसान वीरेन्द्र चौधरीले मोटर अभावमा खेतमा सिंचाइ गर्न नपाइरहेको अवस्थामा वडाले किसानमैत्री कार्यक्रम ल्याएको भन्दै खुसी व्यक्त गरे । आगामी दिनमा पनि किसानमैत्री अन्य कार्यक्रम ल्याउन उनले आग्रह गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend