देवघाट तनहुँ :२०७९ कार्तिक १७गते
तनहुँ देवघाट गाउँपालिका ५ नम्बर वडाको आयोजनामा आज गाउँ पालिकाको सभा हलमा प्रतिनिधि सभा एवम् प्रदेश सभा सदस्य निर्वाचन २०७९ को लागी वडा भित्र रहेका टोल बिकास संस्थाका अध्यक्षहरुलाई लक्ष्यित गरि मतदाता शिक्षा सम्बन्धि कार्यक्रम सम्पन्न गरिएको छ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा बदर मतको प्रतिशतलाई कम गर्ने उद्देश्य साथै मतदाताको सहभागिता वृद्धि गर्न तथा सुसूचित मतदाता तयार गर्नको लागि देवघाट गाउँपालिका ५ नम्बर वडा कार्यालयले कार्यक्रम आयोजना गरिएको थियो।

सो कार्यक्रममा मतदाता शिक्षा कार्यक्रम,समुदायस्तर/घरदैलो कार्ययोजना, २०७९ को बारेमा महिला स्वास्थ्य स्वयंसेविका एवं मतदाता शिक्षा स्वयंसेवकहरु र टोल बिकास संस्थाका अध्यक्षहरुलाई मतदाता शिक्षा सम्बन्धि वडा सचिव पबिता खनालले प्रशिक्षण दिएको थियो।

कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ,देवघाट ५ नम्बर वडा सदस्य याम बहादुर मगर र बुद्धि बहादुर पाण्डे,नेपाली काँग्रेस देवघाट ५ का वडा सभापति सोमनाथ ढकाल,नेकपा माओवादी केन्द्र वाइसीएल देवघाट इन्चार्ज गुर्गालाल गुरुङ लगाएतको उपस्थिति रहेको थियो भने देवघाट गाउँपालिका प्रवक्ता एवं ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।



