सुरक्षा समितिसँग समन्वय गर्दै चुनावलाई शान्तिपूर्ण बनाउने कांग्रेसको निर्णय

images
  • 57
    SHARES
  • कार्तिक १८, २०७९ शुक्रबार
    सुरक्षा समितिसँग समन्वय गर्दै चुनावलाई शान्तिपूर्ण बनाउने कांग्रेसको निर्णय
    images

    १८ कात्तिक, काठमाडौं ।

    नेपाली कांग्रेसले सुरक्षा समितिसँग समन्वय गर्दै आगामी मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न भूमिका खेल्ने निर्णय गरेको छ ।

    Jitjung-Basnet.jpg

    नेपाली कांग्रेसको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको बैठकले सो निर्णय गरेको हो । उपसमितिका संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई शान्तिपूर्ण तथा सौहाद्रपूर्ण ढंगले सम्पन्न गर्न प्रदेश र जिल्ला तहदेखि नै सुरक्षा समितिसँग समन्वय गर्ने निर्णय गरेको हो ।

    उपसमिति संयोजक बस्नेतका अनुसार प्रदेश तथा जिल्ला संयोजकहरुले प्रदेश तथा जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति गठन गरी बैठक बस्ने, प्रदेश संयोजकले जिल्ला संयोजकसँग समन्वय तथा अनुगमन गर्ने र प्रदेश संयोजकले क्षेत्रीय सुरक्षा समितिसँग समन्वय गर्ने छन् ।

    प्रदेश संयोजकले जिल्ला सुरक्षा समितिसँग समन्वय गर्ने र केन्द्रीय सुरक्षा समन्वय समितिका सम्बन्धित जिल्लाका सदस्यहरुसँग समन्वय गर्ने गरी जिम्मेवारी निश्चित गरिएको केन्द्रीय सदस्य बस्नेतले बताए ।

    सुरक्षा समन्वय उपसमितिका सदस्यहरुले सम्बन्धित प्रदेश तथा जिल्ला संयोजकसँग सम्पर्क समन्वय गर्ने पनि उनले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend