गोरखा २ का राप्रपा प्रदेशसभा उम्मेदवार माओवादी प्रवेश

images
  • 47
    SHARES
  • कार्तिक १८, २०७९ शुक्रबार
    गोरखा २ का राप्रपा प्रदेशसभा उम्मेदवार माओवादी प्रवेश
    images

    गोरखा ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट गोर्खा २(१) का प्रत्यक्षतर्फका उम्मेदवार ई. सुबोध बस्नेत आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन ।

    313188189_10229148698048196_1098166527617857625_n_20221104130633.jpg

     

    पार्टी प्रवेश गर्दै उनले भने,  'नेपालको राजनीतिको सहि निकास वाम लोकतान्त्रिक गठबन्धनले मात्र दिन सक्छ । नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोर्खामा उम्मेदवार भएर आउनु सम्पुर्ण गोर्खाली जनताको लागि गौरवको विषय हो। म आजैका दिन देखि मेरो उम्मेदवारी निष्क्रिय बनाई माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछु। म अब अध्यक्ष कमरेड प्रचण्ड र गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्नेछु'।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend