प्रधानमन्त्री देउवाद्वारा इजरायलका नवनियुक्त प्रधानमन्त्री नेतान्याहुलाई बधाई

images
  • 44
    SHARES
  • कार्तिक १८, २०७९ शुक्रबार
    प्रधानमन्त्री देउवाद्वारा इजरायलका नवनियुक्त प्रधानमन्त्री नेतान्याहुलाई बधाई
    images

    काठमाडौँ —

    प्रधानमन्त्री शेरबहादुर देउवाले इजरायलका नवनियुक्त प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई बधाई दिएका छन् । नेतान्याहु इजरायलको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका हुन् ।

    thumb (1).jpg

    ट्विटरमार्फत बधाई दिने क्रममा प्रधानमन्त्री देउवाले निर्वाचनमा पाएको जितलाई लिएर बधाई दिए । साथै, देउवाले नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउनका लागि संयुक्त रुपमा काम गर्ने आशा पनि व्यक्त गरे ।

    इजराइलका पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहु प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका हुन् । इजरायली संसद्‌मा कूल १२० सिट रहेको छ ।

    नेतान्याहुको पार्टीले ३२ सिट‚ एस अतिद पार्टीले १८ सिट र रिलिजियस जियोनिस्ट पार्टीले १४ सिट प्राप्त गरेका थिए । यिनै पार्टीको गठबन्धनबाट नेतान्याहुले अबको सरकारको नेतृत्व गर्ने भएका हुन् । अहिलेका प्रधानमन्त्री यैर लापिडको पार्टीले ५१ सिटमा जित हासिल गरेको थियो ।

    बुधबार करिब ८५ प्रतिशत मत गणना भएपछि नेतान्याहुले आफूहरू महत्त्वपूर्ण जितको संघारमा रहेको भन्दै अब आफूले स्थायी सरकार बनाउने दाबी गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend