१ मंसिरदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

images
  • 63
    SHARES
  • कार्तिक १८, २०७९ शुक्रबार
    १ मंसिरदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द
    images

    काठमाडौं ।

    सरकारले आगामी १ मंसिरदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ ।

    एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने बताएको छ । सूचना अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुनेछ ।

    smart-license-1024x542.jpg

    ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने भएकाले सेवा रोक्नु परेको सरकारको दाबी छ । विभागले कहिलेदेखि प्रणाली खुल्छ भन्ने उल्लेख गरेको छैन ।

    विभागले लाइसेन्स छपाइ र वितरण चरम ढिलासुस्ती गर्दै आएको छ । ट्रायल पास भइसकेकाहरुले करिब ३ वर्षसम्म पनि लाइसेन्स नपाएको अवस्था छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend