शेखर कोइरालालाई बहुजन शक्ति पार्टीको समर्थन

images
  • 42
    SHARES
  • कार्तिक १८, २०७९ शुक्रबार
    शेखर कोइरालालाई बहुजन शक्ति पार्टीको समर्थन
    images

    १८ कात्तिक, विराटनगर ।

    मोरङ क्षेत्र नम्बर ६ मा बहुजन शक्ति पार्टीबाट उम्मेदवारी दिएका नारायण पासवानले डा. शेखर कोइरालाई समर्थन गरेका छन् ।

    Shekhar-koirala.jpg

    नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कोइरालालाई भेटेपछि उनले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएर डाक्टर कोइरालालाई समर्थन गरेका हुन् ।

    बहुजन शक्ति पार्टीले कांग्रेसलाई समर्थन गर्न पाउँदा गौरवान्वित भएको उनले उल्लेख गरेका छन् ।

    उनले  आफ्नो अभियान त्यागेर डाक्टरको अभियानमा सहभागी हुन् आफ्ना कार्यकर्तालाई समेत आह्वान गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend