अक्टोबरमा भित्रिए ८८ हजार ५८२ पर्यटक

images
  • 52
    SHARES
  • कार्तिक १८, २०७९ शुक्रबार
    अक्टोबरमा भित्रिए ८८ हजार ५८२ पर्यटक
    images

    १८ कात्तिक, काठमाडौं ।

    पछिल्लो १० महिनामा नेपालमा झण्डै १० लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

    tourist-annapurna-padyatra.jpg

    बोर्डको तथ्यांक अनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक नेपाल आए । सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए । यससँगै जनवरीदेखि अक्टोबरसम्म कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक भित्रिएको तथ्यांकमा देखिएको छ ।

    अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक भित्रिए । भारतबाट १६ हजार ९१० पर्यटक आएका छन् । अमेरिकाबाट यस महिनामा ११ हजार ८५९ जना पर्यटक नेपाल आएका छन् । बेलायतबाट ७ हजार ११७, जर्मनीबाट ४ हजार ९३५, फ्रान्सबाट ४ हजार ९२९, अष्ट्रेलियाबाट ३ हजार ९४६, बंगलादेशबाट २ हजार ७२० जना पर्यटक अक्टोवर महिनामा नेपाल आएको बोर्डले जनाएको छ ।

    कुन महिनामा कति पर्यटक ?

    • जनवरी : १६,९७५
    • फेब्रुअरी : १९,७६६
    • मार्च : ४२,००६
    • अप्रिल : ६१,५८९
    • मे : ५३,६०८
    • जुन : ४६,९५७
    • जुलाई : ४४,४६२
    • अगष्ट : ४१,३०४
    • सेप्टेम्बर : ५८,३१४
    • अक्टोबर : ८८,५८२
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend