ताेसिमा कार्कीकाे उम्मेदवारी खारेजीकाे माग गर्दै आयाेगद्वारा सर्वाेच्चमा निवेदन

images
  • 45
    SHARES
  • कार्तिक १८, २०७९ शुक्रबार
    ताेसिमा कार्कीकाे उम्मेदवारी खारेजीकाे माग गर्दै आयाेगद्वारा सर्वाेच्चमा निवेदन
    images

    काठमाण्डाै –

    Dr._Toshima_Karki_Wo9IY4QNQF.jpgडा. ताेसिमा कार्कीकाे उम्मेदवारी खारेजीकाे माग गर्दै सर्वाेच्च अदालतमा निवेदन दिएकाे छ । आयाेगले आज शुक्रवार सर्वाेच्चमा पुगेर कार्कीकाे उम्मेदवारीकाे विषयमा सर्वाेच्चबाट गएकाे मङ्गलवार भएकाे अन्तरिम आदेश बदर गरी पाउँ भनी निवेदन दिएकाे हाे । 

    गएकाे मङ्गलवार कात्तिक १५ गते सर्वोच्चले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको थियाे । 

    यसअघि नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीलाई लाभको पदमा कायम रहेको भन्दै निर्वाचन आयोगले गएको शनिवार कात्तिक १२ गते उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको त्यस निर्णयविरुद्ध कार्कीले गएकाे साेमवार कात्तिक १४ गते सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend