प्रधानसेनापतिद्वारा तीन जर्नेललाई दज्र्यानी चिह्न प्रदान

images
  • 45
    SHARES
  • कार्तिक १८, २०७९ शुक्रबार
    प्रधानसेनापतिद्वारा तीन जर्नेललाई दज्र्यानी चिह्न प्रदान
    images

    काठमाडौं ।

    प्रधानसेनापति प्रभुराम शर्माले उपरथीबाट रथीमा बढुवा भएका सीताराम खड्कालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

    nepali-sena-1.webp

    सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति शर्माले सहायक रथीबाट उपरथीमा बढुवा भएका विजय थापा र आशबहादुर तामाङलाई पनि बढुवा भएको पदको दज्र्यानी चिह्न प्रदान गरे ।

     

     

    मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको थियो । सरकारले रथी खड्कालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।

    सैनिक मुख्यालयले उपरथी थापालाई सुदुरपश्चिम पृतनापति र उपरथी तामाङ्गलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षको जिम्मेवारी एिको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend