डडेलधुरामा कर्ण मल्ललाई समर्थन गर्ने ओलीको घोषणा

images
  • 387
    SHARES
  • कार्तिक १८, २०७९ शुक्रबार
    डडेलधुरामा कर्ण मल्ललाई समर्थन गर्ने ओलीको घोषणा
    images

    १८ कात्तिक, महेन्द्रनगर ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा कर्ण मल्ललाई नै समर्थन हुने बताएका छन् ।

    karna-malla-dadheldhura.jpg

    महेन्द्रनगरको चुनावी सभामा संवोधन गर्दै ओलीले डडेलधुरामा कांग्रेसबाट विद्रोह गरेका मल्ललाई दिएको समर्थन कायमै रहेको बताए ।

    ‘हामी हाम्रो प्रतिबद्धतामा कायम छौं । मैले सुने त्यहाँ कसैले बक्तव्य निकाल्यो भनेर’ ओलीले भने, ‘तर त्यस्तो अधिकार अरुलाई छैन ।’

    डडेलधुरा एमालेले भने मल्ललाई समर्थन नगर्ने निर्णय गरेको छ ।

    एमाले डडेलधुराका अध्यक्ष प्रेमबहादुर बोहोरा तथा सचिव शिवराम ताम्राकारले स्वतन्त्र उम्मेदवारी दिएका पूर्व एमाले नेता विक्रमबहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्ति निकालेका थिए ।

    तर अध्यक्ष केपी शर्मा ओलीले त्यो विज्ञप्ति निकाल्ने अधिकारी अरुलाई नभएको बताए ।

    नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग विद्रोह गर्दै कर्ण मल्लले नेपाली कांग्रेस वीपीबाट राजनीतिक थालेका छन् । मल्लसँग चुनावी तालमेल गर्ने भन्दै एमालेले डडेलधुरामा प्रतिनिधि सभातर्फ उम्मेदवार उठाएको छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend