२७ लाख बढी अमेरिकी डलर तिर्नुपर्ने,महिनौंसम्म धारो बन्द नगर्दा

images
  • 190
    SHARES
  • बैशाख १०, २०७९ शनिबार
    २७ लाख बढी अमेरिकी डलर तिर्नुपर्ने,महिनौंसम्म धारो बन्द नगर्दा
    images

    पोखरी मर्मतसम्भारको जिम्मेवारीमा रहेका कानागावा प्रान्तको योकोसुकाका एकजना शिक्षकले कोरोनाभाइरस सङ्क्रमण रोक्न महिनौँसम्म धारो खुला छाडिदिँदा उनले काम गर्ने विद्यालयलाई २७ लाख अमेरिकी डलरभन्दा बढी पानीको महशुल तिर्नुपर्ने भएको छ । 

    kk.jpg

    व्यक्तिगत गोपनीयता कायम गर्न पहिचान नखुलाइएका ती शिक्षकले पोखरीमा ताजा पानीको निरन्तर प्रवाह भएमा त्यसलाई कोभिडमुक्त तुल्याउने ठानेर गत जुनको अन्त्यदेखि सेप्टेम्बरको प्रारम्भसम्म धारो बन्द नगर्दा विद्यालयले भारी रकम चुकाउनुपर्ने भएको हो।

    सामान्यतया क्लोरिन र ‘फिल्टरिङ मेसिन’ले पोखरीको पानीको गुणस्तर कायम राख्छ तर ती शिक्षकमा पोखरीमा ताजा पानी प्रवाह भएमा कोभिडबाट बच्न मद्दत पुग्ने गलत धारणा आएको स्थानीय शिक्षा बोर्डका अधिकारी अकिरा कोजिरीले बताए। 

    विद्यालयका अन्य कर्मचारीले कहिलेकाँही खुला रहेको धारो देखेर त्यसलाई बन्द गरे पनि ती शिक्षकले तत्काल धारो खोल्ने गरेका थिए। उनको यो गलत धारणाले ११ पटक पोखरी भर्न पुग्ने पानीको क्षतिमात्र भएन २७ हजार अमेरिकी डलर महशुल तिर्नुपर्ने भयो। अब ती शिक्षक र उनको कामको सुपरीवेक्षण गर्ने दुई कर्मचारीबाट बिलको आधा रकम तिराउनुपर्ने माग योकोसुकाका अधिकारीहरूले गरेका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend