अप्रिल २८ मा नयाँ कथा सुनाउने,आमिर खानले

images
  • 192
    SHARES
  • बैशाख १०, २०७९ शनिबार
    अप्रिल २८ मा नयाँ कथा सुनाउने,आमिर खानले
    images

    बलिउड अभिनेता आमिर खानले अप्रिल २८ मा नयाँ राज खोल्ने बताएका छन्। आमिर खान प्रोडक्सनमा सार्वजनिक गरिएको भिडियोमा उनले अप्रिल २८ मा राज खोल्ने बताएका हुन

    ll.jpg

    भिडियोमा उनले क्रिकेटको ब्याटिङ गरिरहेका छन। ब्याटिङ गरिरहेकै बेला उनी भन्छन्, 'अप्रिल २८ मा तिमीहरुलाई एउटा कथा सुनाउँछु,' आमिरको कुरा सुनेर क्रिकेट खेलिरहेका अन्यले 'हुन्छ' भनेर जवाफ फर्काउँछन्।

    आमिर खानले हालै पत्नी किरन रावसँग छुट्टिने निर्णय गरेका थिए। मुम्बई नगरीमा अहिले यो भिडियोका कारण धेरै प्रश्नहरु उब्जिएका छन्। धेरैले आमिरले नयाँ फिल्मको कथा सुनाउने अनुमान गरेका छन्। खासमा के गर्न लागेका हुन् भन्ने कुरा त अप्रिल २८ मा थाहा भइ नै हाल्नेछ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend