फुलह्यामलाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

images
  • 38
    SHARES
  • कार्तिक २०, २०७९ आइतबार
    फुलह्यामलाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा
    images

    काठमाण्डाै -

     इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई हराएको छ । गएराति भएको खेलमा सिटीले फुलह्यामलाई २–१ गोलले हरायो ।

    fullhyam_ByDBctj3Dk.jpg

    १० खेलाडीमा समेटिएको सिटीका लागि जुलियन अल्भारेज र हालान्डले गोल गरे । हालान्डले खेलको अन्तिममा पेनाल्टीमा गोल गरेपछि सिटी विजयी भयो । त्यस्तै फुलह्यामका लागि आन्द्रिएस परेराले पेनाल्टीमा गोल गरे । जितसँगै सिटी अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ । सिटीको १३ खेलमा ३२ अङ्क छ ।

    आर्सनलको १२ खेलमा ३१ अङ्क छ । गएराति भएका अरु खेलमा नटिङ्घम फरेस्ट र ब्रेनफोर्डले २–२ गोलको बराबरी खेलेका छन् ।

    त्यस्तैऽ ब्राइटनले उल्भ्सलाई ३–२ गोल, लिड्स युनाइटेडले बर्नमाउथलाई ४–३ गोल र लेस्टर सिटीले एभर्टनलाई २–० गोलले हरायो ।

    आज आर्सनल र चेल्सी खेल्दैछन् । त्यस्तै, अरु खेलमा एस्टन भिल्ला र म्यानचेस्टर युनाइटेड, साउथह्याम्पटन र न्युक्यासल, वेस्ट ह्याम र क्रिस्टल प्यालेस तथा टोटनह्याम र लिभरपुलबीच खेल हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend