कोरोना संक्रमण बढ्न थाल्यो फेरि भारतमा

images
  • 163
    SHARES
  • बैशाख १०, २०७९ शनिबार
    कोरोना संक्रमण बढ्न थाल्यो फेरि  भारतमा
    images

    एजेन्सी

    भारतमा कोरोना भाइरस संक्रमण दर फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप २५ सयमा संक्रमण फेला परेको र थप ३३ जनाको मृत्यु भएको भारतका सरकारी अधिकारीहरूले जनाएका छन् ।

    nn.jpg

    योसँगै त्यहाँ कुल संक्रमितको संख्या ४ करोड ३० लाख ५४ हजार भन्दा बढी पुगेको छ भने मृतकको संख्या ५ लाख २२ हजार नाघेको छ ।दैनिक संक्रमित र मृतकहरूको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गइरहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यसअघि शुक्रबार सार्वजनिक भएको विवरणमा दुई हजार ४ सय ५१ जनामा मात्र संक्रमण फेला परेको थियो ।यद्यपि नयाँ संक्रमित भन्दा संक्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितहरूको सङ्ख्या भने घट्दै गएको छ ।

    भारतमा हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७९ रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend