नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ

images
  • 62
    SHARES
  • कार्तिक २०, २०७९ आइतबार
    नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ
    images

    २० कार्तिक, काठमाडौं ।

    नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्‍यूरोले एक युवकलाई पक्राउ गरेको छ ।

    arrested.jpg

    सामाजिक सञ्जाल फेसबुकमा समिरा शर्मा (बेबी)नामको फेक आइडी बनाएर पीडितको तस्वीरसँगै अपरिचित महिलाहरुको अश्लील तस्वीर, भिडियो पोस्ट गर्नुका साथै धम्कीपूर्ण म्यासेज पठाएर मानसिक यातना दिने सप्तरीसुरूङगा नगरपालिका वडा -१ बस्ने १९ वर्षीय सुमित कुमार थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्‍याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    थापालाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend