‘भोट दिएपछि सिरानीमै लालपुर्जा आइपुग्छ भनेका थिए, फर्केर आएनन्’

images
  • 86
    SHARES
  • कार्तिक २०, २०७९ आइतबार
    ‘भोट दिएपछि सिरानीमै लालपुर्जा आइपुग्छ भनेका थिए, फर्केर आएनन्’
    images

    रुपन्देही, सखुवानी ।

    सखुवानी नजिकैको फर्साटिकरमा दलका नेताहरु पालैपालो पुग्छन् । प्रत्येकजसोले बाटो, बिजुली र अस्पतालका कुरा झिक्छन् । यहाँका नागरिकको पीडा भने अर्कै छ ।

    Rupandehi_Sukumbasi__mahila-1024x683.jpg

    सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएका गाउँहरुमध्ये सखुवानी एउटा हो, जहाँबाट अनलाइनखबरले यो भिडियो लाइभ गरेको थियो । यस भिडियोमा हामीले १० महिलाहरुसँग कुराकानी गरेका छौं, जसमध्ये प्रमुख सरोकारका रुपमा लालपुर्जाको विषय उठेको छ ।

    सखुवानीकी फूलमाया घिमिरे भन्छिन्, ‘हाम्रा मागहरु अर्कै छन्, जग्गाको लालपुर्जा, महँगाई । तर नेताहरु विकासकै कुरा गर्दै आउँछन् ।’ उनलाई सघाउँदै तारा भण्डारीले भनिन्, ‘भोट दिएपछि सिरानीमै लालपूर्जा आइपुग्छ भनेका थिए, फर्केर आएनन् ।’

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend