देवघाट तनहुँ:२०७९ कार्तिक २० गते

तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित राष्ट्रिय युवा संघ नेपाल तथा अखिल नेपाल महिला संघद्वारा आयोजित युवा तथा महिला भेला कार्यक्रममामा आफ्नो चर्चित लोकप्रिय गित प्रस्तुत गर्दै उनले नेकपा एमाले तनहुँ क्षेत्र नं. १ ‘ख’ को प्रदेश सभा सदस्य उम्मेद्वार पूर्ण बहादुर गुरुङलाई जिताऔं भन्दै भोट मागेकी थिइन।

गायीका ज्योति मगरले सामाजिक रुपमा अत्यन्त सहयोगी मनका धनी साथै समाजसेवी युवा समेत भएको र जनताको चाहना पूरा गर्न सक्ने सक्षम उम्मेद्वार भएकोले सम्पूर्ण देवघाटवासीलाई यसपालीको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. २ ‘ख’ को प्रदेश सभा सदस्य उम्मेद्वार पूर्ण बहादुर गुरुङलाई आफ्नो अमुल्य मतदान गरि जिताउन आग्रह गरेका थिए।




