मतदाता भन्छन् : महँगी र नागरिकता, उम्मेदवार भन्छन् : विमानस्थल र बाटो

images
  • 38
    SHARES
  • कार्तिक २१, २०७९ सोमबार
    मतदाता भन्छन् : महँगी र नागरिकता, उम्मेदवार भन्छन् : विमानस्थल र बाटो
    images
    Bhairahawa-Nagarpalika-Road-1024x576.jpgआफ्नो समस्याबारे जानकारी दिंदै बदरुद्दिन (बायाँ)

    २१ कात्तिक, रूपन्देही ।

    सत्तारुढ हुन् या विपक्षी, राष्ट्रिय राजनीतिमा प्रभाव जमाउने नेताहरूको कमी छैन रूपन्देहीमा । त्यसैले पनि हुनुपर्छ, विकासका न्यूनतम पूर्वाधारले सम्पन्न देखिन्छ यो जिल्ला । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले भर्खरै छाडेर सत्ता गठबन्धनको साथ पाएका पूर्वमन्त्री घनश्याम भूसाल, राप्रपाका दीपक बोहरा, लोसपाका सर्वेन्द्रनाथ शुक्ल, एमालेका छविलाल विश्वकर्मा । यस्तै प्रभावशाली नेताहरूको गृहजिल्ला हो रूपन्देही । अन्तर्राष्ट्रिय विमानस्थलदेखि खेतबारीमा पुग्ने नालासम्म यहीं छन् । विश्वप्रसिद्ध लुम्बिनीदेखि अब बन्ने भनिएको लुम्बिनी बौद्ध विश्वविद्यालय, यी सबै रूपन्देहीमै केन्द्रित छन् ।

    बाटो, बिजुली, अस्पतालका विषय चुनावका बेला हिजोआज मतदाताको सरोकारमा कम पर्छन् । उनीहरूलाई चाहिएको छ अर्थोकै केही, जबकि उम्मेदवारहरू यिनै पुराना एजेन्डा दोहोर्‍याई तेहेर्‍याई भनिराख्छन् । कालीगण्डकीको डाइभर्सन थाल्नेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्नेसम्मका कुरा उनीहरूका वाचामा समेटिएका छन् । मतदाताहरूलाई यी मुद्दाले जति छुन्छ, त्योभन्दा बढी नागरिकता नपाएको, लालपुर्जा नपाएको, अनि महँगीले आलसतालस पारेका विषय मुख्य सरोकार बन्न गएका छन् ।

    रूपन्देही–३ मा पर्ने सिद्धार्थनगरको नगरपालिका रोडमा हामीले कुरा गरेकामध्ये प्रायः सबैले नागरिकता नभएका कारण भोग्नुपरेको मानसिक ताडनाबारे व्यथा पोखे ।

    नागरिकताको प्रमाणपत्र नहुनु भनेको हाम्रो देशमा केही नहुनु सरह हो । यहाँ जन्मेर पनि नागरिकता प्रमाणपत्रविहीन बनेका व्यक्तिहरूको शिक्षा, रोजगारी, व्यवसायलगायत सबै व्यक्तिगत र सामाजिक काम अवरुद्ध हुन्छ ।

    अघिल्लो वर्ष केपी ओली नेतृत्वको सरकारका पालामा २०७८ जेठ ९ मा नागरिकताको यही गाँठो फुकाउन अध्यादेश आए पनि सर्वोच्चले नागरिकता विधेयक ल्याएर पास गर्न आदेश गर्‍यो । हालसम्म १ लाख ९० हजार ७२६ ले जन्मसिद्ध नागरिकता पाएका छैनन् । तिनका सन्तानसमेत गरी झन्डै पाँच लाख नागरिकले नागरिकता प्रमाणपत्र नपाएको अनुमान छ । पैतृक सम्पत्ति हस्तान्तरण, बैंक खाता खोल्न, उद्योग धन्दा गर्न, पान नम्बर बनाउन नागरिकता नै चाहिन्छ । सिमकार्ड समेत औपचारिक रूपमा किन्न पाइने व्यवस्था छैन । विदेशमा मेडिकल शिक्षा लिएर आउनेहरूले नेपालको मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, इन्जिनियरिङ काउन्सिलबाट लाइसेन्स पाउने अवस्था छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend