२१ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह लिएर गरिरहेको प्रचार प्रति आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका छन् ।
लौरो अभियानको फेसबुक पेजबाट हाम्रो नेपाली पार्टीलाई बालेनको समेत समर्थन रहेको भन्दै प्रचार गरेपछि निर्वाचन आयोगले १८ कात्तिकमा स्पष्टीकरण सोधेको थियो ।
कारबाही गर्न माग
कुनै दलमा आबद्ध नभएको भन्दै मेयर बालेनले आफू निर्वाचित हुँदाको लौरो चुनाव चिन्ह र अहिलेको दलको चुनाव चिन्ह लौरोको बीचमा कुनै प्रकारको सम्बन्ध नरहेको प्रष्ट पारेका छन् ।
आफ्नो समर्थनविना प्रचार गरेकोमा आपत्ति जनाउँदै उनले यस्तो गतिविधिमा संलग्नलाई कारबाही गर्न आयोगसँग अनुरोध समेत गरेका छन् । ‘मेरो सहमतिविना आबद्धता देखाउन खोज्ने जुनसुकै दल वा उम्मेदवारलाई कानुन बमोजिमको कारबाही गर्न समेत यसै पत्रमार्फत आयोगलाई अनुरोध गर्दछु’ पत्रमा बालेनले भनेका छन् ।



