दुई महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो सुन बरामद

images
  • 80
    SHARES
  • कार्तिक २२, २०७९ मंगलबार
    दुई महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो सुन बरामद
    images

    २२ कात्तिक, काठमाडौं ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दुई महिनाको अवधिमा करिब साढे ५ किलो सुन बरामद गरेको छ । पछिल्लो दुई महिनामा अवैध रुपमा भित्र्याइएको करिब साढे ५ करोड मूल्य बराबरको उक्त परिमाणको सुन बरामद भएको भन्सार कार्यालयले जनाएको छ ।

    jhitigunta-gold.jpg

    यात्रुले झिटीगुन्टा सुविधाको दुरुपयोग गदै र तस्करी प्रयोजनका लागि लुकाएर ल्याएको उक्त परिमाणको सुन बरामद भएको प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले बताए ।

    ‘विभिन्न विमानमार्फत नेपाल आएकाहरुले यस अवधिमा कुल ५ हजार ५७५ ग्राम अवैध सुन बाकेर आएका थिए,’ प्रमुख भन्सार प्रशासक पोखरेलले भने, ‘सो सुन आज राष्ट्र बैंकलाई बुझाइएको छ ।’

    यस अवधिमा भन्सारले कडाइकासाथ यात्रु जाँचपास गर्दा फरक फरक विमान र गन्तव्यबाट आएका ३२ जनाबाट उक्त सुन बरामद भएको उनले बताए ।

    सुन बरामद भएकाहरुलाई फरक फरक ३२ वटा मुद्दा दर्ता गरिएको र सोबाट जफत भएको सुन नेपाल राष्ट्र बैंकमा बुझाएर सुन बराबरको रकम ५ करोड ५० लाख रुपयाँ राजस्व खातामा जम्मा हुने भन्सार कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend