चितवन, कात्तिक २२ -
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमालेले अगाडी सारेको नितिमा देश अगाडी बढिरहेको बताएकाछन् ।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. १२ कुमरोजमा एमालेको कोणसभालाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन् । उनले भने, “अन्य जिल्लाको तुलना गरेर हेर्ने हो भने चितवन जिल्लाको विकाश धेरै अगाडी छ, नेकपा एमालेले यो कार्यको अगुवाई गर्दै आएको छ ।” काठमाडौं भन्दा चितवनका धेरै स्थानका सडकहरु कालोपत्रे भएकाले यहाँको विकाश अगाडी रहेको उनको भनाई छ । स्वास्थ्य वीमा, वृद्धभत्ता, पोषण भक्ता, कृषिमा अनुदान लगाएत दिने कार्य एमालेको कार्यकालबाट सुरुवात भएको उनले बताए । नेकपा एमालेले चितवन क्षेत्र नं १ मा चुनावी घरदैलोलाई तीब्रता दिएको छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र पाण्डे सहित प्रदेश सभा (ख) का उम्मेदवार प्रकास खनाल (शैलेस) ले घरदैलो मार्फत भोट मागेका हुन । प्रदेश सभा (ख) अन्र्तगत मंगलवार खैरहनी वडा नं. १२ सिसहनी, कुमरोजमा घरदैलो गरिएको छ ।



