२२ कात्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको अन्त्य, रोजगारी सिर्जना र सुशासनका लागि यस पटक मत फेर्न आग्रह गरेका छन् । हेटौंडामा आयोजित चुनावी सभामा बोल्दै उनले भने ‘यसपटक मत फेर्नुपछर्, पार्टी फेर्नुपर्दैन’ ।
‘तपाईको पार्टीलाई सलाम छ । महान पुष्पलालले बनाएको पार्टीप्रति मेरो श्रद्धा छ । महान बीपी कोइरालाको पार्टीप्रति मेरो श्रद्धा छ’, उनले भने, ‘सबै राजनीतिक दल र आस्थाप्रतिमेरो कहीं–केही छैन । तपाईंको आफ्नो मनमा लागेको, घरमा झण्डा गाडेको पार्टीलाई हत्तपत्त छोड्नुस पनि भन्दिन ।’



