राप्रपाले २५ कात्तिकमा काठमाडौंमा सभा गर्ने

images
  • 35
    SHARES
  • कार्तिक २३, २०७९ बुधबार
    राप्रपाले २५ कात्तिकमा काठमाडौंमा सभा गर्ने
    images

    २३ कात्तिक, काठमाडौं ।

     

    Rajendra-Lingden.jpgराष्ट्रिय प्रजातन्त्र पार्टीले २५ कात्तिकमा काठमाडौंमा सभा गर्ने भएको छ । उक्त सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ नेताहरुले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।

    आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उमेदवारहरुले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम समेत रहेको छ ।

    राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ ।

    राप्रपाले २४ कात्तिकमा सिन्धुपाल्चोक, सिन्धुली, सिरहा, मकवानपुर, उदयपुर र सुनसरीको धरानमा सभा गर्ने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

    राप्रपाले कात्तिक २९ गतेसम्म चुनावी सभा गर्ने गर्ने जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend