तेह्रथुमको प्रदेश सभामा कांग्रेसलाई जनता समाजवादीको समर्थन

images
  • 47
    SHARES
  • कार्तिक २३, २०७९ बुधबार
    तेह्रथुमको प्रदेश सभामा कांग्रेसलाई जनता समाजवादीको समर्थन
    images

    २३ कात्तिक, तेह्रथुम ।

    जनता समाजवादी पार्टीले तेह्रथुमको प्रदेश सभा १ मा नेपाली कांग्रेसलाई समर्थन गरेको छ ।

    Surya-limbu-santosh-Subba-Terahthum.jpg

    जसपाका उम्मेदवार सूर्यबहादुर लिम्बुले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको घोषणा गर्दै कांग्रेस उम्मेदवार सन्तोष सुब्बालाई समर्थन गर्ने बताएका छन् । सुब्बालाई यहाँ सत्ता गठबन्धनको साथ छ ।

    जसपाले देशका अन्य स्थानमा नेकपा एमालेसँग तालमेल गरेको भए पनि तेह्रथुमको प्रदेश सभा १ मा भने कांग्रेसलाई समर्थन गरेको हो ।

    लिम्बुले उम्मेदवारी निस्क्रिय गरेसँगै अब तेह्रथुम प्रदेश सभा १ मा ८ जना चुनावी मैदानमा छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend