मोरङ क्षेत्र नम्बर ३ ‘क’ मा आज उम्मेदवारकाे मनाेनयन दर्तासहित नयाँ निर्वाचन कार्यक्रम

images
  • 49
    SHARES
  • कार्तिक २४, २०७९ बिहीबार
    मोरङ क्षेत्र नम्बर ३ ‘क’ मा आज उम्मेदवारकाे मनाेनयन दर्तासहित नयाँ निर्वाचन कार्यक्रम
    images

    काठमाण्डाै - मोरङ क्षेत्र नम्बर–३ को (क) का लागि निर्वाचन आयोगले आज उम्मेदवारको मनोनयन दर्ता, सूची प्रकाशन र दाबी विरोधको कार्यक्रम गर्दैछ ।

    election_commission_V9t0lk4w0A.jpg

    प्रदेश सभा सदस्यका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नयाँ निर्वाचन कार्यक्रम तय गरिएको हो । निर्वाचन कार्यक्रम अनुसार भोलि शुक्रवार अन्तिम नामावली सार्वजनिक गर्ने र मङ्सिर ४ गते नै मतदान हुने आयोगले जनाएको छ ।

    जुन दलको उम्मेदवारको निधन भएको हो त्यही दलको तर्फबाट मात्रै उम्मेदवारी दर्ता गर्नुपर्ने आयोगले जनाएको छ । कांग्रेसका उम्मेदवार थापा उम्मेदवारी दर्ताको भोलिपल्ट अर्थात् असोज २४ गते अस्पताल भर्ना हुनुभएको थियो ।

    केही दिनअघि डेङ्गीको सङ्क्रमण देखिएका उहाँलाई निमोनिया पनि भएको थियो । प्रदेश-१ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री समेत रहेका थापाको निधनको शोकमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend