प्रधानमन्त्री कप : पहिलो सेमिफाइनलमा आज एपीएफ र मधेस प्रदेश खेल्दै

images
  • 61
    SHARES
  • कार्तिक २४, २०७९ बिहीबार
    प्रधानमन्त्री कप : पहिलो सेमिफाइनलमा आज एपीएफ र मधेस प्रदेश खेल्दै
    images

    काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।

    tu_cricket_stadium_Eo5qdCZbpU.jpg

    काठमाण्डौको कीर्तिपुर मैदानमा फाइनल पुग्न विभागीय टोली एपीएफ क्लब र मधेस प्रदेशबीच खेल हुँदैछ । खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । एपीएफ समूह ‘ए’ को विजेता तथा मधेस समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

    दोस्रो सेमिफाइनलमा भोलि पुलिस क्लब र त्रिभुवन आर्मीबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend