सुडान घोटाला प्रकरण सतहमा ल्याएका पत्रकार सरोजराज अधिकारी रहेनन्

images
  • 35
    SHARES
  • कार्तिक २४, २०७९ बिहीबार
    सुडान घोटाला प्रकरण सतहमा ल्याएका पत्रकार सरोजराज अधिकारी रहेनन्
    images

    २४ कात्तिक, काठमाडौं । पत्रकार सरोजराज अधिकारी बुधबार मृत भेटिएका छन् । काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहराले काठमाडौंको सुन्धारास्थित एक होटलमा उनी मृत अवस्थामा फेला परेका हुन् ।

    प्रहरीका अनुसार उनी तीन दिनदेखि होटलमा थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Sarojraj-Adhikari.jpg
    अधिकारी यसअघि सुनौलो नेपाल, नेपाल लाइभ अनलाइन, नयाँपत्रिका दैनिक, कान्तिपुर दैनिक, नेपाल साप्ताहिकमा कार्यरत थिए । उनी बहुचर्चित सुडान घोटाला प्रकरण सतहमा ल्याउने पत्रकार हुन् ।

    अधिकारीले सुरक्षा मामिलाका विषयमा ‘चक्रव्यूहमा चन्द्रसूर्य’ र ‘जासुसीको जालो’ पुस्तक लेखेका थिए । उनको ‘धम्बोजी चोक’ र ‘रुपबजारकी नोरा’ नामक साहित्यिक कृति पनि प्रकाशित छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend