आगो ताप्ने क्रममा जलेर भिमादमा बालकको मृत्यु

images
  • 74
    SHARES
  • कार्तिक २४, २०७९ बिहीबार
    आगो ताप्ने क्रममा जलेर भिमादमा बालकको मृत्यु
    images

    भिमाद । तनहुँको भिमाद नगरपालिका–७, अर्चलेमा आगो ताप्नेक्रममा जलेर एक जना बालकको मृत्यु भएको छ । भान्सा कोठामा तापेकै आगोले अचानक पोल्दा बर्ष ९ का सुभाष थापा घाइते भएका हुन् । उनको शरीरका विभिन्न भागमा पोलेको र उपचारका लागि परिवारले तत्कालै पश्चिमाञ्चल अस्पताल पोखरा लगेको थियो । 

    128525738316678903471667890347.jpeg

    सुभाषको उपचारकै क्रममा गएराती १२ बजे मृत्युको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । प्रहरीका अनुसार घट्नाबारे थप अनुसन्धान भईरहेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend