“सुर्यमा मत नदिनुस,म गतिलो उम्मेदवार हु” : पौडेल

images
  • 95
    SHARES
  • कार्तिक २४, २०७९ बिहीबार
    “सुर्यमा मत नदिनुस,म गतिलो उम्मेदवार हु” : पौडेल
    images

     चितवन, कार्तिक २४ -

    चितवन क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवार डाक्टर बिश्वनाथ पौडेलले सुर्य चिन्हमा भोट नदिनु भन्दै आफ्नो पक्षमा मत मागेका छन् ।

    314593783_1750499998676368_5714262988545219971_n.jpg

    चुनावी प्रचार र घरदैलोका क्रममा खैरहनि ७ मझुईमा आयोजित कोण सभालाई सम्बोधन गर्दै काङ्ग्रेसका पौडेलले सुर्य चिन्हमा मत नदिनु भनेका हुन । यस अघिका उम्मेदवारले यो क्षेत्रको बिकास गर्न नसकेको उनको आरोप थियो । तपाईंहरुले पटक पटक जिताउनु भयो,बिकास केही गर्न सकेनन् पौडेलले भने - यहाँको बिकासका लागि सुर्यमा मत नदिनुस,मलाई जिताउनुस । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी निकट मानिने पौडेलले यो क्षेत्रको बिकासका लागि आफू गतिलो उम्मेदवार समेत रहेको दावी गरे । एमालेबाट सांसद र मेयरमा निर्वाचित भई सकेका लालमाणी चौधरीको नाम लिदै पौडेलले सुर्यमा मत नहाल्न चौधरीलाई समेत अनुरोध गरे । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएका मणिभद्र न्यौपानेले एक उम्मेदवारले अर्को उम्मेदवारको चुनाव चिन्हमा भोट नदिनु भन्न नमिल्ने बताउँछन् । आफ्नो लागि भोट माग्ने हो,अरुलाई नदे भन्न मिल्दैन, अनुगमन अधिकृत न्यौपानेले भने - ऎनमा स्पष्ट उल्लेख नभए पनि यस्तो गतिविधि गर्न मिल्दैन,हामी उहाँलाई सम्पर्कमा ल्याएर सम्झाउने प्रयासमा छौ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend