डि मारिया र डिबलालाई समेट्दै विश्वकपका लागि अर्जेन्टिनाको टिम घोषणा

images
  • 121
    SHARES
  • कार्तिक २६, २०७९ शनिबार
    डि मारिया र डिबलालाई समेट्दै विश्वकपका लागि अर्जेन्टिनाको टिम घोषणा
    images

    २६ कात्तिक, काठमाडौं । चोटबाट रिकभर हुन प्रयास गरिरहेका एन्जल डि मारिया र पाउलो डिबलालाई समेट्दै अर्जेन्टिनाले कतारमा हुने फिफा विश्वकपका लागि टोली घोषणा गरेका छन् ।

    प्रशिक्षक लिओनल स्कोलानीले शुक्रबार अर्जेन्टिनाको अन्तिम टोली घोषणा गरेका हुन् । फिफा विश्वकप नोभेम्बर २० मा सुरु हुँदैछ ।

    बचनभलतषलब.jpg

    यो विश्वकपलाई स्टार फुटबलर लिओनल मेसीले अन्तिम विश्वकपका रुपमा लिएका छन् ।

    गत वर्ष कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले यसै वर्ष फिनाल्सियामा युरो च्याम्पियन इटलीलाई पराजित गर्दै विश्वकपको उपाधि दाबेदारको रुपमा उभ्याएको छ।

    चोटका कारण जिओभानी लो सेल्सो भने विश्वकप खेल्ने टिममा पर्न सकेनन् ।

    समूह सी मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरु गर्दैछ । यस समूहमा मेक्सिको र पोल्याण्ड पनि छ ।

    अर्जेन्टिनाको टिम

    गोलकिपर : एमिलियानो मार्टिनेज, गेरोनिमो रुली, फ्रान्को अर्मानी

    डिफेण्डर : नाहुल मोलिना, गोन्जालो मोनिटेल, क्रिस्टियन रोमेरो, जर्मन पेजेल्लन, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, मार्कोस अकुना, निकोलस ट्याग्लिफिको, जुयन पोयथ

    मिडफिल्डर : रोड्रिगो डे पउल, लिएन्ड्रो परेडेस, एलेक्सिस म्याक अलिस्टर, गुइडो रोड्रिगेज, पपु गोमेज, एन्जो फर्नान्डेज, इजेक्वेल पालासिओस

    फरवार्ड : एन्जल डि मारिया, लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जाओक्विन कोरेअ, लिओनल मेसी, पाउलो डिबला

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend