डेंगुका कारण टिम बाहिर रहेका सोमपाललाई आर्मीले टिममा राखेपछि एपीएफले फाइनल खेल्न मानेन

images
  • 52
    SHARES
  • कार्तिक २६, २०७९ शनिबार
    डेंगुका कारण टिम बाहिर रहेका सोमपाललाई आर्मीले टिममा राखेपछि एपीएफले फाइनल खेल्न मानेन
    images

    काठमाडौँ, कात्तिक २६-

    पाँचौ प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आर्मीले टिममा सोमपाल कामीलाई राख्दा एपीएफले खेल खेल्न अस्वीकार गरेको छ । आज हुने फाइनल खेलमा डेंगु संक्रमणका कारण टिम बाहिर रहेका सोमपाललाई टिममा समावेश गरेपछि एपीएफले टस गर्न अस्वीकार गरेको हो।

     
    PM-Cup-Cricket-Final-Army-Vs-APF-1024x683-1.webp

    प्रतियोगिताको सुरुआतमा पनि सोमपालको नाम आर्मीको टोलीमा थियो । डेंगुका कारण टिम बाहिर रहेका सोमपालको स्थानमा आर्मिले अनिललाई टोलीमा राख्यो । तर फाइनलका लागि भने आर्मीले सोमपाललाई टोलीमा समेट्यो । जसका कारण फाइनल खेललमा विवाद उत्पन्न भएको हो ।

     

    त्यस्तै आर्मी र एपीएफबीचको खेल बिहान ९ बजेदेखि टियु क्रिकेट मैदानमा सुरु हुने तालिका रहेको थियो । तर सोमपाललाई खेलाउने विवादका कारण खेल सुरु हुन ढिला भएको छ ।

    आर्मीले प्लेइङ ११ मा सोमपालको नाम समावेश गरेपछि एपीएफका कप्तान शरद भेषावकरले टस गर्न नमानेनन् । म्याच रेफ्री वुद्धिबहादुर प्रधानलाई आर्मीको टोलीले सोमपाललाई टिममा राख्न नपाउने तक पेस गरेको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend