राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान पौडेललाई प्रधानमन्त्री देउवाको बधाई

images
  • 46
    SHARES
  • कार्तिक २६, २०७९ शनिबार
    राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान पौडेललाई प्रधानमन्त्री देउवाको बधाई
    images

    काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित पौडेललाई बधाई दिनुभएको छ ।

    sinjali-surya_7_2ZVIPcxUyT.jpg

    प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जालमार्फत कप्तान पौडेललाई बधाई दिनुभएको हो । उहाँले कप्तान पौडेलको नेतृत्वमा  नेपाली क्रिकेटले अझै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ । पौडेललाई हिजो नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको हो ।

    पूर्व कप्तान सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ गते उनलाई बर्खास्त गरेको थियो । रोहितले यसअघि १९ वर्षमुनिको क्रिकेट टोलीको कप्तानी पनि सम्हालिसकेका छन् । यसअघि गएको कात्तिकमा उपकप्तान नियुक्त भएका रोहितले आउँदो सोमवारदेखि कीर्तिपुर मैदानमा यूएईसँग हुने तीन खेलको एकदिवसीय खेलबाट कप्तानी सुरु गर्नेछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend